Nepal Life

आज तीन कम्पनीको साधारणसभा, सिद्धार्थले मात्र लाभांश दिने

NMB Bank
  • BFIS News
  • 2024 Mar 13 08:06
आज तीन कम्पनीको साधारणसभा, सिद्धार्थले मात्र लाभांश दिने
United Ajod

काठमाडौं। आज (फागुन ३० गते) बुधबार तीन कम्पनीको वार्षिक साधारण सभा (एजिएम) बस्दैछ। आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, कृषि विकास बैंक लिमिटेड र नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको सभा बस्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

तीन मध्ये सिद्धार्थ प्रिमियरले मात्र लाभांश वितरण गर्दैछ। उसले हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको ११ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको सभा लिसारा रिसेप्सन, भगवती वहाल, काठमाडौंमा बिहान ११ बजे बोलाइएको छ। सभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

यस्तै कृषि विकास बैंक र नेशनल हाइड्रोले भने लाभांश वितरण नगर्ने भएका छन्। कृषिको साधारणसभा बिहान ११ बजे बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बोलाइएको छ भने नेशनलको डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्याङ्क्वेट बालुवाटारमा सोही समयमा बोलाइएको छ।

कृषिको सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमा छलफल गरिनेछ। सभा प्रयोजनार्थ बैंकले फागुन १७ गतेदेखि नै बुक क्लोज गरिसकेको छ।

यता नेशनल हाइड्रोपावरले सभामा गत आवको नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरणमा छलफल हुने जनाएको छ। साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने एजेण्डा पनि सभामा पेश हुनेछ। सभा प्रयोजनार्थ कम्पनीले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाएको सभामा शेयरधनीहरुको गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया