NIMB Header 2
Nepal Life

आन्तरिक उडान दुर्घटनाको यात्रु बिमा बढाइँदै, अगाडि बढ्यो कानुन निर्माण प्रक्रिया

National Life
  • BFIS News
  • 2024 Mar 13 10:05
आन्तरिक उडान दुर्घटनाको यात्रु बिमा बढाइँदै, अगाडि बढ्यो कानुन निर्माण प्रक्रिया
Sanima Reliance

काठमाडौं। सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपियाँभन्दा बढी रकम दिने व्यवस्थासहित हवाई यात्रुमैत्री कानुन निर्माण प्रक्रिया अघि बढाएको छ।

Shikhar
NIMB

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै हवाई यातायात सेवा सञ्चालन, संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको बताइन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक बनाउन फागुन दोस्रो साता प्रारम्भिक मस्यौदा मन्त्रिपरिषद्मा दर्ता गराएको थियो। पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले मन्त्रिपरिषद्बाट उक्त विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्राप्त भएसँगै अब हवाई यात्रुमैत्री कानुन निर्माणको प्रक्रिया अगाडि बढ्ने बताए।

स्वीकृत भएपछि बन्ने ऐनले आन्तरिक उडानका यात्रुले पाउने बिमा रकम पाँच गुणाले बढ्ने छ। हाल आन्तरिक उडानका जहाज दुर्घटना भएर ज्यान गुमाउने यात्रुले २० हजार डलर बिमा रकम पाउँदै आएका छन्। विधेयकले ऐनको रूप धारण गरेपछि सम्बन्धित यात्रुका परिवारले बिमाबापत एक लाख डलर रकम पाउने छन्। हाल अन्तर्राष्ट्रिय उडानतर्फ यस्तो बिमा रकम एक लाख ६० हजार डलर रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया