NIMB Header 2
Nepal Life

अर्थशास्त्र केन्द्रीय विभाग र सेजनबीच सम्झौता

National Life
  • BFIS News
  • 2024 Mar 13 17:08
अर्थशास्त्र केन्द्रीय विभाग र सेजनबीच सम्झौता
Sanima Reliance

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ । अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा शिवराज अधिकारी र सेजन अध्यक्ष सुजन ओलीले आज एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

Shikhar
NIMB

सम्झौताअनुसार अर्थतन्त्रसँग जोडिएका विभिन्न विषयमा संयुक्त रुपमा अध्ययन एवम् अनुसन्धान, सिकाई कार्यक्रम सञ्चालन, ज्ञानको आदान–प्रदान (नलेज एक्सचेञ्ज) का लागि दुई संस्थाले सहकार्य गर्नेछन् ।

त्यसैगरी, बौद्धिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यमा सहकार्य सँगै तथ्यमा आधारित नीति निर्माणका लागि पहलकदमी गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने पनि सम्झौतापत्रमा उल्लेख छ । विभागले गरेका अध्ययन अनुसन्धानका नतिजाको तथ्यपरक विश्लेषणसहित नीति निर्माता र सर्वसाधारणसम्म पुर्याउन सेजनले भूमिका खेल्नेछ भने आर्थिक पत्रकारको सीप तथा क्षमता अभिवृद्धिका लागि तालिम, अनुसन्धानलगायतका कार्यमा विभागले समन्वय, सहकार्य एवम् सहयोग गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि विभाग प्रमुख अधिकारीले अर्थतन्त्रका विविध आयामसँग जोडिएका विषयमा तथ्यपरक अनुसन्धान, तटस्थ विश्लेषण र त्यसको नतिजामुखी प्रयोगका लागि दुई संस्थाबीच सहकार्य गर्न लागिएको बताए । तथ्यमा आधारित र कार्यान्वयनयोग्य नीति निर्माणका लागि पैरवी गर्ने समान उद्देश्यसाथ विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धानका लागि दुवै संस्थाले संयुक्त रुपमा भूमिका खेल्ने उनको भनाइ छ ।

आर्थिक विधामा कलम चलाइरहेका सञ्चारकर्मीको क्षमता विकाससँगै विभिन्न अनुसन्धानमा आधारित सूचना तथा तथ्याङ्क प्राप्ति र त्यसको सहि प्रयोगका लागि अर्थशास्त्र केन्द्रीय विभागसँग सहकार्य भएको धारणा सेजन अध्यक्ष ओलीले राखे । सेजनले विभिन्न अध्ययन अनुसन्धानसँगै अर्थतन्त्रसँग जोडिएका सार्वजनिक विषयमा बहस, छलफल, अन्तरक्रिया, ‘नलेज सिरिज’ लगायत कार्यक्रम चलाइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले विभागसँगको सहकार्यबाट यी क्षेत्रमा थप प्रभावकारी रुपमा काम गर्न सकिने विश्वास व्यक्त गरे । विभागले गरेका अध्ययन अनुसन्धानका नतिजा आर्थिक पत्रकारहरुका लागि समाचार तथा सूचनाको स्रोतसमेत रहेको उनले उल्लेख गरे । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया