NIMB Header 2
Nepal Life

माघ महिनासम्ममा बैंकहरुको मुनाफा ३८ अर्ब ८० करोड, नविलको सर्वाधिक हुँदा कसको कति ?

National Life
  • BFIS News
  • 2024 Mar 13 17:38
माघ महिनासम्ममा बैंकहरुको मुनाफा ३८ अर्ब ८० करोड, नविलको सर्वाधिक हुँदा कसको कति ?
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्ममा बैंक वित्तीय संस्थाले ३८ अर्ब ८० करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको यहि अवधिको तुलनामा बैंक वित्तीय संस्थाको मुनाफा १३.४७ प्रतिशतले घटेको छ । गत वर्षको यहि अवधिमा बैंकहरुको मुनाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।  

Shikhar
NIMB

समिक्षा अवधिमा सर्वाधिक धेरै मुनाफा नविल बैंकले ३ अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेको छ । यस महिनासम्ममा दोस्रो सर्वाधिक धेरै मुनाफा आर्जन गर्नेमा राष्ट्रिय बाणिज्य बैंकको २ अर्ब ६८ करोड रुपैयाँ छ ।

तेस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको २ अर्ब ६८ करोड नै छ भने चौथो नम्बरमा रहेको प्राइम बैंकको २ अर्ब ५४ करोड छ । अन्य बैंकहरु क्रमश नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २ अर्ब ३८ करोड, एनआइसी एशिया बृंक २ अर्ब १४ करोड, एभरेष्ट बैंक एक अर्ब ९८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंक एक अर्ब ९४ करोड, हिमालयन बैंक एक अर्ब ८३ करोड, एनएमबी बैंक एक अर्ब ६५ करोड, कृषि विकास बैंक एक अर्ब ५७ करोड, सिद्धार्थ बैंक एक अर्ब ४१ करोड, लक्ष्मी सनराइज बैंक एक अर्ब ४० करोड, सानिमा बैंकको एक अर्ब ४० करोड, कुमारी बैंकको एक अर्ब १२ करोड, सिटिजन बैंकको ९९ करोड ७८ लाख रुपैयाँ मुनाफा रहेको छ । विकास बैंक तर्फ सर्वाधिक धेरै गरिमा विकास बैंकको ५५ करोड ८० लाख रुपैयाँ छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया