NIMB Header 2
Nepal Life

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांशको प्रस्तावसहित बोलायो साधारण सभा

Muktinath Bank
  • BFIS News
  • 2024 Mar 14 07:47
साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांशको प्रस्तावसहित बोलायो साधारण सभा
National Life

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले ५७ औं वार्षिक साधारण सभा बोलाएको हो।

NIMB

सभा आगामी चैत २३ गते शुक्रबारका दिन बिहान ११ बजे बोलाइएको छ। सभा काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुनेछ।

सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।  

यस्तै सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालू आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिने जनाइएको छ।  

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत ९ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया