NIMB Header 2
Nepal Life

धितोपत्र बोर्डको अध्यक्षका लागि १९ आवेदन, कसले मार्ला बाजी?

National Life
  • BFIS News
  • 2024 Mar 14 09:13
धितोपत्र बोर्डको अध्यक्षका लागि १९ आवेदन, कसले मार्ला बाजी?
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् । जसमा बीमा समितिका पूर्वअध्यक्षदेखि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसम्म रहेका छन्।

Shikhar
NIMB

आवेदन दिनेमा बोर्डमा निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोखरेल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्की रहेका छन्।

त्यस्तै, नेप्सेका पूर्वसिइओ सीताराम थपलिया, नेपाल बैंकका पूर्वसिइओ कृष्णबहादुर अधिकारी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी, डा. केशवप्रसाद श्रेष्ठ, मुक्ति अर्याल, बिमल तिवारी, प्रवीण पन्दाक, रघुराज काफ्ले, सन्तोष प्रसाद श्रेष्ठ, शंकरमान सिंह, खगेन्द्र कटुवाल, डा रामकृष्ण खतिवडा, शिवहरि श्रेष्ठले आवेदन दिएका छन्। 

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन गरेको सिफारिस समितिले गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो।

आवेदन परेकामध्यबाट तीनजनाको नाम अध्यक्षका लागि मन्त्रिपरिषदमा पेश हुनेछ र मन्त्रिपरिषदबाट अध्यक्षको नियुक्ति हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया