४६ लाख ११ हजार अवितरित हकप्रद शेयर लिलाममार्फत बिक्री गर्दै सिंगटी हाइड्रो
- BFIS News
- 2024 Mar 15 09:07
काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाममार्फत बिक्री गर्ने भएको छ।
कम्पनीले १:१ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर बिक्री गर्न लागेको हो। कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो।
आगामी चैत १२ गतेदेखि २० गतेभित्र उक्त शेयर खरिदका लागि आवेदन दिइसक्नुपर्ने छ। यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। खरिदकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया