NIMB Header 2
Nepal Life

सहकारीपीडितको माग सम्बोधन गर्न सांसद पौडेलको ध्यानाकर्षण

National Life
  • BFIS News
  • 2024 Mar 15 12:55
सहकारीपीडितको माग सम्बोधन गर्न सांसद पौडेलको ध्यानाकर्षण
Sanima Reliance

काठमाडौँ। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रश्नको घेराभित्र रहेका कुनै पनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर बनाइनुपर्ने बताएका छन्।

Shikhar
NIMB

प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर आकस्मिक समयमा उनले प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाइएकामा आपत्ति जनाए। सांसद पौडेलले विगत केही दिनदेखि प्रमुख प्रतिपक्ष दलले प्रश्न उठाइरहे पनि सरकारले नसुनेको जिकिर गरे।

उनले भने, “आफूमाथि प्रश्नको जिम्मेवारी बोकेर गृहमन्त्री हुनु हुँदैनथ्यो। उहाँ प्रश्न गर्ने पेसाबाट आउनुभएको हो, त्यसैले प्रश्नलाई निषेध गर्न मिल्दैन। उठेका सवालको जवाफ दिनुपर्छ। प्रधानमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले यो प्रश्न उठाइरहनेछ।”
     
सांसद पौडेलले सहकारीपीडतको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद पौडेलले उठाएका विषयप्रति सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया