NIMB Header 2
Nepal Life

करिब साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार, आजै बोलकबोल

National Life
  • BFIS News
  • 2024 Apr 22 10:26
करिब साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार, आजै बोलकबोल
Sanima Reliance

काठमाडौं। सरकारले करिब साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्दै छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो।

Shikhar
NIMB

जसमध्ये २० अर्ब ४९ करोडको ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो। मंगलबार (वैशाख ११ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार (वैशाख १०) गते दिउँसो ३ बजे बोलकबोल हुनेछ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी जेठ ८ गते परिपक्व हुनेछ। ९१ दिनको लागि ५ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। यो ट्रेजरी साउन ८ गते परिपक्व हुनेछ। त्यस्तै, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी कात्तिक ६ गते परिपक्व हुनेछ। साथै, १ वर्षको लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८२ वैशाख ९ गते परिपक्व हुनेछ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

undefined

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार