NIMB Header 2
Nepal Life

जोसँग चप्पल किन्ने पैसा पनि थिएन, आज बनेका छन् अर्बौका मालिक

National Life
  • BFIS News
  • 2024 Apr 22 10:55
जोसँग चप्पल किन्ने पैसा पनि थिएन, आज बनेका छन् अर्बौका मालिक
Sanima Reliance

इमानदारीपूर्वक प्रयास गर्नुभयो भने अवश्य सफलता मिल्नेछ। जसको पूरै परिवारको खर्च एकपटक ५० रुपैयाँमा चलेको थियो, जोसँग न लुगा किन्न पैसा थियो न चप्पल... यति धेरै दुःख र गरिबीको सामना गर्ने व्यक्तिले करोडौंको कम्पनी बनाउन सक्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन।

Shikhar
NIMB

यो थाइरोकेयर टेक्नोलोजी लिमिटेडका संस्थापक, अध्यक्ष र एमडी ए वेलुमणीको विगतको वास्तविकता हो। हालै उनको एउटा पोडकास्ट भाइरल भइरहेको छ, जसमा उनी आफ्नो संघर्ष र आफ्नी श्रीमतीको मृत्युलाई लिएर भावुक बनेका छन्।

वेलुमणीको जन्म भारतको तमिलनाडुको कोइम्बाटूरको एउटा गरिब परिवारमा भएको थियो। उनका बुबाको रोगले गर्दा सारा बोझ आमाको काँधमा पर्‍यो। वेलुमणी तीन दाजुभाइमध्ये जेठा हुन्।

आमाले कुनै पनि हालतमा आफ्ना छोराछोरीको पढाइ रोकिन भने दिइनन्। ५० रुपैयाँमा पूरै परिवार गुजारा चलाउनु पर्ने अवस्था उनमा थियो। वेलुमणि आफ्नी आमाको संघर्ष हेर्दै हुर्किए। पढाइसँगै उनले केमिस्टको पसलमा जागिर खान थाले । जहाँ उनले १५० रुपैयाँ तलब पाउँथे। ५० रुपैयाँ आफूसँग राखेर सबै पैसा आमालाई पठाउने गर्थे।

केमिस्ट पसलमा काम गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिए। पीएचडी गरेपछि उनले भाभा एटोमिक रिसर्च सेन्टरमा ल्याब असिस्टेन्टको जागिर पाए।

उनले सुमति वेलुमणीसँग विवाह गरे। सुमती बैंकमा काम गर्थिन् । १४ वर्ष काम गरेपछि वेलुमणीले जागिर छोडे । श्रीमतीको सरकारी जागिर थियो, त्यसैले श्रीमतीलाई नभनेर नै उनले जागिर छाडे।

केही बचत र पीएफको पैसाबाट उनले सन् १९९५ मा थाइरोकेयर सुरु गरे । उनले मुम्बईमा आफ्नो पहिलो प्रयोगशाला खोलेका थिए। सुरुमा एक–दुई टेस्टमात्रै आए पनि उनले प्रयास गर्न छोडेनन् । धेरै पटक उनी रातभर प्रयोगशालामा बस्नुपर्ने अवस्था आयो। त्यहीँ सुत्थे । मिहिनेतले फल दिन थाल्यो र बिस्तारै कामले सफलतातर्फ डोर्‍याउन थाल्यो।

कम्पनीलाई ठूलो बनाउन उनले सुरुमा तलबसमेत लिएनन् । आफूले कमाएको सबै पैसा कम्पनीमा नै लगानी गर्थे । उनकी पत्नीले पनि बिना कुनै शर्त पतिलाई समर्थन गरिन्। वेलुमणी आफ्नो व्यवसाय सफल हुनुको कारण आफ्नी श्रीमती भएको बताउँछन्।

उनको संघर्षमा उनकी श्रीमतीले पूर्ण साथ दिइन्, तर २०१६ मा उनको कम्पनीको आइपिओ आउनुभन्दा ५० दिन अघि उनले आफ्नी श्रीमती एडभान्स स्टेज प्यान्क्रियाटिक क्यान्सरबाट पीडित भएको थाहा पाए।

जीवनको अन्तिम दिनसम्म उनको श्रीमतीले साथ दिइन् । जब उनले सफलता पाउन थाले, उनकी श्रीमती उनलाई छोडेर गइन् अर्थात उनी यस संसारमा रहिनन्। आज उनको कम्पनीको मार्केट क्याप ३३ सय करोड भारतीय रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार