NIMB Header 2
Nepal Life

अर्थ सचिवको जिम्मेवारी मरासिनीलाई दिने सरकारको निर्णय

National Life
  • BFIS News
  • 2024 Apr 22 14:10
अर्थ सचिवको जिम्मेवारी मरासिनीलाई दिने सरकारको निर्णय
Sanima Reliance

काठमाडौं। सरकारले मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थसचिवको जिम्मेवारी मरासिनीलाई दिने निर्णय गरेको हो।

Shikhar
NIMB

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए।

विशेषबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो। निलम्बन फुकुवासँगै सरकारले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार