Nepal Life

आगामी चार दिन अत्यधिक तातो हावा तथा लहर चल्ने, सावधानी अपनाउन आग्रह

NMB Bank
  • BFIS News
  • 2024 Apr 22 18:58
आगामी चार दिन अत्यधिक तातो हावा तथा लहर चल्ने, सावधानी अपनाउन आग्रह
United Ajod

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको तराई क्षेत्रमा आगामी चार दिन तातो हावा चल्नसक्ने बताएको छ । महाशाखाले सूचना जारी गर्दै १४ गतेसम्म सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशका तराईका जिल्लामा तातो हावा तथा तातो लहर चल्ने सक्ने बताएको हो।

Shikhar
Nepal Life
NIMB

महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ । केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ ।

'आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ', सूचनामा भनिएको छ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न पनि महाशाखाले अनुरोध गरेको छ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा भोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन पनि महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले अद्यावधिक गरेको विवरणअनुसार भैरहवाको तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेको छ। यो साँझ ६ बजेको अद्यावधिक तथ्यांक हो। यस्तै सिमराको ४०.०, जनकपुरको ३९.४, धनगढीको ३८.८ नेपालगञ्जको ३८.४ डिग्री सेल्सियस तापक्रम पुगेको छ। काठमाडौंको तापक्रम ३३.१ रहेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया