NIMB Header 2
Nepal Life

आइएमई लाइफले व्यतित बीमालेखमा दियो छुट, बैशाख २७ गतेसम्म नविकरण गर्दा ५० % व्याज मिनाहा

Citizen Life
  • BFIS News
  • 2024 Apr 23 09:27
आइएमई लाइफले व्यतित बीमालेखमा दियो छुट, बैशाख २७ गतेसम्म नविकरण गर्दा ५० % व्याज मिनाहा
Muktinath Bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखको नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका सम्पुर्ण व्यतित बीमालेखमा यहि बैशाख २७ गतेसम्म नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको हो ।

NIMB

आवश्यक सम्पुर्ण प्रकृया पुरा गरी बीमालेख पुनर्जागरण गराएमा नियमअनुसार विलम्ब शुल्कमा लाग्ने व्याज रकममा ५० प्रतिशत मिनाहा गरिने कम्पनीले जनाएको छ ।

वास्तवमा बीमालेख बीमितका लागि अमूल्य सम्पत्ति हो, जसलाई बीमितले प्रत्येक क्षण संरक्षण दिनुपर्छ । बीमाशुल्क कुन मितिमा तिर्नुपर्ने हो, बीमित यसका लागि सधैं तत्पर हुनुपर्छ । आफुले तिर्नु पर्ने बीमाशुल्कको समय सधै याद गरेर सो कसरी जुटाउने भनेर पुर्व तयारी गर्नु नै बुद्धिमता हुन्छ । यदि बीमालेख तिर्ने समय प्रति चनाखो हुने हो भने कहिल्यै पनि आफ्नो बीमालेख व्यतित हुन पाउदैन ।

बीमितले बीमाशुल्क तिर्नुपर्ने अन्तिम भुक्तानी मितिमा पनि नतिरे त्यसपछिका लागि निश्चित अवधि (ग्रेस पिरियड) सम्ममा तिर्न सक्ने व्यवस्था हुन्छ । सो अवधिसम्म पनि नवीकरण बीमाशुल्क नतिरेमा बीमालेख व्यतित हुन्छ । बीमालेख व्यतित भएमा बीमित यसका लाभबाट वञ्चित हुन सक्छन् । बीमालेख व्यतित भयो भने बीमित, बीमक तथा अभिकर्ता सबैलाई बेफाइदा हुन्छ । बीमितले जुन उद्देश्य लिएर बीमा गरेको हुन्छ, बीमालेख व्यतित भएमा उसको उद्देश्य नै विफल हुन्छ । अभिकर्ताले अथक प्रयास गरेर बीमा गरेका हुन्छन् अर्को तर्फ अभिकर्ताको पनि भविष्यमा हुने आयआर्जन समाप्त हुन्छ ।

आर्थिक समस्या, भुलवश वा समयको अभाव, जुन कारणले बीमालेख व्यतित भए पनि पुनः बीमालेखलाई बीमकले पूर्णरूपमा सक्रिय तुल्याउने उद्देश्य सहित आइएमई लाइफले समय समयमा बीमितको हितलाई मध्यनजर गर्दै यस्तो छुटको सुविधा ल्याउने गरेको छ । यस्तो सुविधालाई बीमालेखको पुनर्जागरण पनि भनिन्छ ।

बीमालेख पुनर्जागरण गर्नुभन्दा बीमालेखलाई व्यतित हुन नदिनु राम्रो हुन्छ । जीवन बीमा बचत र जोखिम बहन दुबै उद्देश्य पुर्तीका लागि गरिने भएकाले बीमालेख व्यतित हुने वित्तीकै एकातर्फ आफ्नो नियमित आम्दानीबाट बचत हुन सक्दैन भने अर्को तर्फ जोखिम पनि बहन हुन सक्दैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया