NIMB Header 2
Nepal Life

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, समाधानको उपाय निकाल्न संघठनको ध्यानाकर्षण

National Life
  • BFIS News
  • 2024 Apr 23 12:54
नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, समाधानको उपाय निकाल्न संघठनको ध्यानाकर्षण
Sanima Reliance

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तमा व्यवस्थापन र कर्मचारी विचको विवाद चरम उत्कर्षमा पुगेको छ । व्यवस्थापनले शाखा प्रमुखहरुलाई कर्मचारी युनियनको कार्यक्रमलाई समर्थन गरेको भन्दै सामुहिक कारबाही गरेपछि बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संघठन नेरुडेले गम्भिर ध्यानाकर्षण गराएको छ ।  

Shikhar
NIMB

कर्मचारी युनियन र व्यवस्थापन पक्ष तथा संचालक बिच २०८० बैशाख ९ गते र २०८ फागुन ७ गते  भएका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै कर्मचारी युनियनले गएको चैत ३० गते कार्यान्वयनका लागि अनुरोध गरेको थियो । संघठनले सम्झौता कार्यान्वयन गर्नको लागी २०८१ वैशाख २ गते सम्मको समय दिदै बैशाख ३ गतेदेखि आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

यसरी आन्दोलनको घोषणा गर्दा केन्द्रीय कार्यालयले उक्त पत्रको वेवस्ता गर्दै २०८१ वैशाख ३, ४ र ५ गते साविक नेरुडे र साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.को कर्मचारी विच परिचयात्मक कार्यक्रम जानी जानी राखेकोले कर्मचारी युनियनको आरोप छ । यसरी ३ गतेदेखि घोषणा गरेका कार्यक्रमलाई नैतिक रुपमा कार्यालय प्रमुखहरुले कर्मचारीको नाताले सर्मथन जनाउदाँ केन्द्रीय कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुखहरु उपस्थित भएर युनियनको कार्यक्रममा एक्यवद्धत्ता जनाएको भरमा कार्यालय प्रमुखहरुलाई सामुहीक रुपमा कार्यवाहीको प्रक्रिया अगाडी संघठनको भनाइ छ । संघठनले सबै कारबाही फिर्ता लिन जोडदार माग गरेको छ ।

साथै वार्ता मार्फत समस्याका सामाधान खोजी सहज वातावरण बनाउन समेत अनुरोध गरेको छ । कर्मचारीको आफ्नो अभिव्यक्ति स्वतन्त्रताको खिलाफ राज्यको ऐन नियम मिचेर युनियनका बिरुद्ध कर्मचारी कर्मचारी भिडाएर कर्मचारी लाई पर्छाने खेल भएकोले भन्दै ट्रेड युनियनले गम्भिर ध्यानकर्षण गराएको छ । युनियले यस्ता कुराहरुलाई व्यवस्थापनपक्षले नजरअन्दाज गरेर कर्मचारी - कर्मचारी बिच मुडभेड गराउन खोजेमा यसबाट उत्पन्न हुने सम्पुर्ण परिणामको जिम्मेवार स्वयम व्यवस्थापन पक्ष हुने साथै जोडजबरजस्ती गरेमा गरेमा त्यस बाट उत्पन्न हुने समस्याको जिम्मेवारी कार्यालय प्रमुख नभई स्वयंम व्यवस्थापन पक्ष हुने संघठनको भनाइ छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया