Nepal Life

सर्वोत्तमको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुने

NMB Bank
  • BFIS News
  • 2024 Apr 24 07:53
सर्वोत्तमको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुने
United Ajod

काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडको पाँचौं वार्षिक साधारणसभा आज (वैशाख १२) बस्दैछ। सभा रुपन्देहीस्थित होटल सिद्धार्थ भिलासामा बिहान १० बजेदेखि सुरु हुनेछ।

सर्वोत्तमले आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। सो प्रस्ताव सभाले पारित गर्नेछ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको गत चैत २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको थियो। कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) दिने घोषणा गरेको हो।

सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित हुनुका साथै ५ जना संस्थापक र एक जना सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचने गर्ने प्रस्ताव समेत पारित हुनेछ।

त्यसका साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने काम पनि सभाले गर्नेछ।

सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले गत चैत्र ३० गते बुकक्लोज गरिसकेको छ। तसर्थ चैत २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा सहभागी हुन र घोषित लाभांश पाउन सक्नेछन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया