Nepal Life

रहेनन् चलचित्र माइतीघरका अभिनेता तथा विराटनगर र रघुपति जुटमिलका पूर्वनिर्देशक लोहनी

NMB Bank
  • BFIS News
  • 2024 Apr 29 17:09
रहेनन् चलचित्र माइतीघरका अभिनेता तथा विराटनगर र रघुपति जुटमिलका पूर्वनिर्देशक लोहनी
United Ajod

काठमाडौं। निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौँमा निधन भएको छ।

Shikhar
Nepal Life
NIMB

अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको निधन भएको भतिज एवं पत्रकार विकासप्रसाद लोहनीले जानकारी दिए।

गीतसङ्गीत क्षेत्रमा विशेष रुचि राख्ने लोहनीले सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गरेका थिए। उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकको जिम्मेवारीमा रहेका थिए।  

वास्तविक नाम चिदम्बरप्रसाद लोहनी भएपनि छोटकरीमा सिपी लोहनीका नाममा चलचित्र तथा गीतसङ्गीत क्षेत्रमा उनी परिचित थिए। माइतीघर चलचित्रका अभिनेत्री माला सिन्हासँग विवाह गरेका स्वर्गीय लोहनीकी एक छोरी हाल संयुक्त राज्य अमेरिकामा रहेकी पत्रकार लोहनीले जानकारी दिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया