Nepal Life

इलाम-२ मा स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ विजयी

NMB Bank
  • BFIS News
  • 2024 Apr 30 07:47
इलाम-२ मा स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ विजयी
United Ajod

काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर-२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार एवं स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे। एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो।

Shikhar
Nepal Life
NIMB

एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

उनका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरे। मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरे।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।  यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया