NIMB Header 2
Nepal Life

सिइडिबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2024 Apr 30 10:16
सिइडिबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज (वैशाख १८) अन्तिम दिन हो। कम्पनीले साधारणसभा प्रयोजनार्थ भोलि (वैशाख १९) देखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ। तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Shikhar
NIMB

कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ र २०७८/७९ का लागि लाभांश घोषणा गरेको थियो। बैठकले चुक्तापूँजीको ११ प्रतिशत बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो।

सभा वैशाख ३१ गते, नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि सुरु हुनेछ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया