Nepal Life

अर्थमन्त्री पुनसँग विश्व बैंक उपाध्यक्ष रेजरको भेटवार्ता, आइडिएको बैठकबारे छलफल

NMB Bank
  • BFIS News
  • 2024 Apr 30 15:49
अर्थमन्त्री पुनसँग विश्व बैंक उपाध्यक्ष रेजरको भेटवार्ता, आइडिएको बैठकबारे छलफल
United Ajod

काठमाडौं। अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ। विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेट गरेका हुन्।

Shikhar
Nepal Life
NIMB

भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को २१ औं बैठकबारे छलफल भएको छ। उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुँदैछ। बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुने अर्थ मन्त्रालयले जानकारी गराएको छ।

बैठकपछि उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिए। मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताएका थिए। मन्त्री पुनले आइडिए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिए।

बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको मन्त्री पुनको भनाइ थियो। यस्तै बैठक तयारीबारे काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ छ।

विकास साझेदारहरुको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन्। आइडिए विश्व बैंकको सहुलितपूर्ण ऋण प्रवाह गर्ने निकाय हो। सरकारले यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको सम्मेलनका रुपमा लिएको जनाएको छ।

नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने आइडिए बैठकको प्रमुख एजेण्डा छ। आइडिएको बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकामा विश्व बैंक समूहले नेपाल रोजेको हो।

विश्व बैंक समूहको यो स्तरको बैठक नेपालमा यसअघि भएको थिएन। हरेक तीन वर्षमा हुने आइडिएको २० औं बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया