दुई महिनामा हिमालबाट ६३ करोड ५७ लाख राजस्व सङ्कलन
- BFIS News
- 2024 May 02 13:34
काठमाडौं । यस महिना मात्र हिमाल आरोहणबाट ६३ करोड ५७ लाख ८१ हजार २५१ रुपियाँ राजस्व सङ्कलन भएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३० वटा हिमाल आरोहणका लागि लिइएको सलामी दस्तुर अर्थात् आरोहण शुल्क बापत उक्त रकम सङ्कलन भएको जनाएको छ ।
मार्च १ देखि अप्रिल २९ गतेसम्म यो राजश्व जम्मा भएको विभागका शाखा अधिकृत दिलीपकुमार महर्जनले जानकारी दिएको छ । यी मध्ये सबै भन्दा धेरै ५५ करोड ८५ लाख ४४ हजार ४४९ रुपियाँ राजस्व सगरमाथा हिमालबाट मात्र सङ्कलन भएको छ ।
यो अवधिभर १०२ वटा आरोहण दलबाट ९१५ जना आरोहीले हिमाल आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया