NIMB Header 2
Nepal Life

नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता 

National Life
  • BFIS News
  • 2024 May 05 14:13
नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता 
Sanima Reliance

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धी सहमति यहि वैशाख २० गते बीरगंजमा भएको हो।

Shikhar
NIMB

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्रा.डा. अमरनाथ ठाकुरले हस्ताक्षर गरेका छन् ।

बीरगंज मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर बीरगंज लगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ। अब काठमाण्डौमा अत्याधुनिक र एकिकृत डायग्नोष्सि सेवा दिने लक्ष्य रहेको सेन्टरका अध्यक्ष प्रा.डा. ठाकुरले जानकारी दिए । 

काठमाडौंमा डायग्नोष्सि सेवा दिने ल्याबहरू खुल्ने र बन्द हुने क्रम जारी रहेको छ। हस्पिटलहरूको आफ्नै ल्याव पनि छ। तर अहिले पनि विश्वसनिय डायग्नोष्सिको लागी नेपालीहरू भारत लगायत अन्य देश गइरहेका छन्। सोहि अवस्थालाई हेरेर विश्वसनिय र भरपर्दो डायग्नोष्सि सेवा दिन काठमाण्डौमा छुट्टै ल्याबको आवश्यकता देखिएको छ।

सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा संचालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ। हस्पिटल र ल्याबमा आउने बिरामीहरू डायग्नोष्सि रिर्पोटबाट संतुष्ट छ/छैनन् अध्यन गर्नेछ। काठमाडौंकोआवश्यकता अनुसार  कस्तो र कुन क्षमताको डायग्नोष्सि सेन्टरको आवश्यकता छ, सोको लागी कति लगानी आवश्यक छ ? सो सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले मंगलम डायग्नोष्टिक सेन्टर प्रा.लि.लाई प्रतिवेदन बुझाउने छ। त्यस पश्चात नेक्सजेनले थप लगानीकर्ता खोज्ने र मंगलम डायग्नोष्टिक सेन्टर प्रा.लि. आफैले पनि लगानी गरी आफ्नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्नोष्टिक सेन्टर संचालन गर्नेछ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी हो। यसले चलिरहेको उद्योग व्यवसायलाई सुव्यवस्थित संचालनको लागि परामर्श सेवा दिनेदेखि लगानीकर्ता जुटाउने सम्मको सेवा दिन्छ। साथै नयाँ उद्योग व्यवसाय संचालन गर्नेको लागि सो सम्बन्धि अध्ययन अनुसन्धान गर्ने र व्यवसाय संचालनको लागि आवश्यक सबै व्यवस्था गर्न परामर्श सेवा प्रदान गर्छ।

नेक्सजेनले भखरै नेपाल सरकारबाट २०८१ वैशाख १७ र १८ गते काठमाडौंमा संचालन भएको लगानी सम्मेलनमा कोरियन कम्पनिसंग सम्झौता गरेको छ। कोरियन पार्टिले नेपालमा संचालन गर्ने छ अर्ब लगानीको उद्योग स्थापनामा सहजीकरण र परामर्श सेवा दिने सम्झौता पनि नेक्सजेन म्यानेजमेन्टले गरिसकेको कम्पनीले जनाएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार