Nepal Life

मनिषा कोइराला अभिनित चर्चा कमाइरहेको वेब सिरिज 'हीरामण्डी'मा कसले कति पाए पारिश्रमिक?

NMB Bank
  • BFIS News
  • 2024 May 06 08:51
मनिषा कोइराला अभिनित चर्चा कमाइरहेको वेब सिरिज 'हीरामण्डी'मा कसले कति पाए पारिश्रमिक?
United Ajod

सञ्जय लीला भन्सालीको वेब सिरिज‘हिरामाण्डीः द डायमण्ड’ रिलिज भइसकेको छ। नेटफ्लिक्ससँगको साझेदारीमा बनेको यो भन्सालीको एक ठूलो प्रोजेक्ट पनि हो। रिलिज भएलगत्तै यसले बजारमा मिश्रित प्रतिक्रियासँगै चर्चा पनि बटुलेको छ। विशेषगरी लामो समयपछि बलिउडमा फर्किएकी मनिषा कोइरालाको अभिनय सवैलाई दमदार लागेको छ।

Shikhar
Nepal Life
NIMB

हिरामण्डीको कथा सन् १९४० को दशकको कुरा हो जब भारतमा अंग्रेजहरुको शासन थियो । यो श्रृंखला वर्तमान लाहोरको प्रसिद्ध हीरामण्डीमा आधारित छ जसले उक्त बजारको वेश्यावृत्तिको जीवनमा प्रकाश पारेको छ। भन्सालीको अन्य फिल्म जस्तै यो वेब सिरिजमा पनि भव्यता देखिन्छ जसमा ठूला र महंगा सेट, कपडा र गहनाले यसलाई विशेष बनाउँछ।

यो सिरिज बनाउन भन्सालीले करिब २ सय करोड भारतीय रुपैयाँ खर्च गरेका छन्। यस सिरिजमा मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, शर्मीन सहगल, ऋचा चड्ढा र सञ्जीदा शेख मुख्य भूमिकामा छन्।

यस्तै फरदीन खान, अध्यायन सुमन र ताह शाह बदुशा जस्ता कलाकार सहायक भूमिकामा छन्।

फिल्मका लागि २ सय करोड भारतीय रुपैयाँ खर्च गरेका भन्सालीले कलाकारलाई कति रुपैयाँ दिए भन्ने तपाईंलाई जिज्ञासा हुन सक्छ विशेष गरी मनिषा कोइरालाले कति पाइन् भन्ने चासो नेपालीलाई हुन सक्छ। आउनुस् जानौं यसबारे-

फिल्म ‘फाइटर’ मा आफ्नो अभिनयले सबैको मनमा स्थान बनाएकी सन्जिदा शेखले हिरामण्डीमा वहिदाको भूमिकाका लागि ४० लाख भारतीय रुपैयाँ पाइन्।

सञ्जय लीला भन्सालीकी भतिजी शर्मीन सेगलले आलमजेबको भूमिकाका लागि ३५ लाख भारतीय रुपैयाँ पारिश्रमिक लिइन्।

डीएनएको रिपोर्ट अनुसार ऋचा चड्ढाले सिरिजमा लज्जोको भूमिकाका लागि १ करोड भारु पारिश्रमिक लिइन्।

रिपोर्टका अनुसार अदिति राव हैदरीले हिरामण्डीमा बिब्बोजानको भूमिकाका लागि १.५ करोड पारिश्रमिक लिएकी थिइन्।

भन्सालीसँग करिब ३ दशकपछि काम गरेकी बरिष्ठ अभिनेत्री मनिषा कोइरालाले हिरामण्डीमा अभिनय गरेर धेरैको प्रशंशा र ताली बटुल्दै छिन्। यसअघि दुवै सन् १९९६ मा फिल्म ‘खामोशीः द म्युजिकल’ मा सँगै काम गरेका थिए। यसपटक हिरामण्डीमा मल्लिकाजन को भूमिकाका लागि मनिषा कोइरालाले १ करोड भारु पारिश्रमिक लिएकी छन्।

हिरामण्डीकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुन् सोनाक्षी सिन्हा। सोनाक्षीले फिल्ममा फरदीनको भूमिकाका लागि २ करोड भारु पारिश्रमिक लिएकी छन्।

फरदीन खान पनि १४ वर्षपछि हिरामण्डीबाट पर्दामा फर्किएका छन्। वली मोहम्मदको भूमिकाका लागि उनले ७५ लाख भारु पाएका छन्।

यो वेब सिरिज हीरामण्डीको कथा भारतको विभाजनअघि लाहोरमा बस्ने एक वेश्या मल्लिका जान र उनको वेश्यालयको वरिपरि घुमेको छ।

दशकौंअघि हिरामण्डी नाच, सङ्गीत र सभ्यताको केन्द्र थियो, तर समयसँगै परिवर्तन हुँदै गएपछि यो क्षेत्रमा बदनामीको दाग लाग्छ। इतिहासकारहरूका अनुसार यस क्षेत्रको इतिहास ४५० वर्ष पुरानो छ, जसको कथाहरु निकै रोचक छन्।

सम्राट अकबरको शासनकालमा लाहोर सहर सल्तनतको मध्य शहर थियो र त्यसबेला हीरामण्डी क्षेत्रलाई शाही मोहल्ला भनिन्थ्यो।

आज पनि लाहोरका केही क्षेत्रहरू जस्तै हैदरी गली, तुबी गली, हिरामण्डी र किला रोडमा रहेको नोभेल्टी चोकहरू 'शाही मोहल्ला' नामले प्रसिद्ध छन्।

शाही कालमा राजपरिवार बस्ने र त्यसको वरपरका कर्मचारी र अन्य कर्मचारी बस्ने क्षेत्रलाई ‘शाही मोहल्ला’ भनिन्थ्यो। आज पनि ती क्षेत्रमा जानेहरू ‘शाही मोहल्ला’ नै भन्ने गर्छन्। त्यहाँ अवस्थित धेरै त्यस्ता भवनहरु मुगल कालमा नै बनेका थिए र त्यो त्यस क्षेत्रको स्वर्ण युग थियो।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया