NIMB Header 2
Nepal Life

'इन-ड्राइभ'द्वारा नेपालमा आधिकारिक सेवा सुरुवातको घोषणा, अब राइडरबाट १० प्रतिशत शुल्क लिने

National Life
  • BFIS News
  • 2024 May 06 15:58
'इन-ड्राइभ'द्वारा नेपालमा आधिकारिक सेवा सुरुवातको घोषणा, अब राइडरबाट १० प्रतिशत शुल्क लिने
Sanima Reliance

काठमाडौं । राइड सेयरिङ एप इन-ड्राइभले नेपालमा औपचारिक प्रवेशको घोषणा गरेको छ। सोमबार एक कार्यक्रम आयोजना गर्दै इन-ड्राइभले औपचारिक रूपमा भित्रिएको घोषणा गरेको हो।

Shikhar
NIMB

इन-ड्राइभले अब राइडरसँग १० प्रतिशत शुल्क पनि लिने भएको छ। इन-ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले केही समय परीक्षणका लागि भए पनि अब औपचारिक रूपमा आएको बताइन्।

यसअघि पठाओले राइडरसँग शुल्क लिने गरे पनि इन-ड्राइभले लिने गरेको थिएन।

नेपालका लागि कम्पनीकी निर्देशक रीता पोखरेलले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताइन्। उनले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिइन्।

कम्पनीले भुक्तानी सेवा प्रदायक आइएमई पेसँग सहकार्य गर्ने घोषणा पनि गरेको छ ।

हालसम्म इन-ड्राइभमा मोटरसाइकल र ट्याक्सी गरी ७० हजार बढी राइडर दर्ता भएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार