Nepal Life

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

NMB Bank
  • BFIS News
  • 2024 May 07 12:47
आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?
United Ajod

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रूपैयाँ बढेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले बढेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया