NIMB Header 2
Nepal Life

एनआइसीद्वारा महिला फुटबल टोलीलाई नगदसहित सम्मान

National Life
  • BFIS News
  • 2024 May 07 17:01
एनआइसीद्वारा महिला फुटबल टोलीलाई नगदसहित सम्मान
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया बैंकले साउदी अरेबियामा सम्पन्न 'डब्ल्युएएफएफ वुमन च्याम्पियनसिप २०२४' प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उप विजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ।

Shikhar
NIMB

२०८१ वैशाख २४ गते ललितपुरस्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैंकले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो।

बैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरूलाई जनही २५ हजार रूपैयाँ र सम्मानपत्र सहित सम्मान गरेको हो।

साथै, उक्त कार्यक्रमकाबीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रूपमा समेत घोषणा गरेको छ।

पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिँदै च्याम्पियनसिपको फाइनलसम्म पुगेर उपविजेता बनेको थियो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया