United Ajod

आज सुन-चाँदीको मूल्यमा स्थिरता, कतिमा भइरहेको छ कारोबार?

  • BFIS News
  • 2024 May Wed 11:55
आज सुन-चाँदीको मूल्यमा स्थिरता, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला ८ सय रूपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया