Nepal Life

दक्षिण कोरियाले नेपालबाट लैजाने श्रमिकको संख्यामा वृद्धि गर्ने

NMB Bank
  • BFIS News
  • 2024 May 08 16:07
दक्षिण कोरियाले नेपालबाट लैजाने श्रमिकको संख्यामा वृद्धि गर्ने
United Ajod

काठमाडौं। दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ। नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा सो जानकारी दिएका हुन्।

Shikhar
Nepal Life
NIMB

राजदूत पार्कले नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने उल्लेख गरे। गणतन्त्र कोरियाले नेपाललाई खासगरी स्वास्थ्य, क्षिक्षा, कृषि र सुशासनका क्षेत्रमा सहयोग गर्दै आएको छ।

राजदूत पार्कले अन्य मुलुकको तुलनामा आफूहरुले नेपाललाई गरेको सहयोग नमूनाका रुपमा रहेको उल्लेख गर्दै सन् २००७ मा नेपालसँग रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता भएयता हालसम्म एक लाखभन्दा बढी नेपालीले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन्। हाल दक्षिण कोरियामा इपिएसअन्तर्गत ४३ हजार नौ सय ६३ नेपाली विभिन्न क्षेत्रमा रोजगारीमा छन्।

“कोरियामा हाल जन्मदर न्यून भएकाले श्रमिकको खाँचो छ, नेपालबाट श्रमिक कामदार लैजाने प्रक्रियाअन्तर्गत आगामी दिनमा अझ वृद्धि हुनेछ”, राजदूत पार्कले भने। हाल दक्षिण कोरियाको उत्पादनमूलक, कृषि, पानीजहाजलगायत क्षेत्रमा नेपाली श्रमिक कार्यरत छन्। आगामी वर्ष दक्षिण कोरियाले वन्यजन्तु र वन क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने योजना रहेको राजदूत पार्कले बताए। दक्षिण कोरियाले विभिन्न १६ देशबाट वार्षिक एक लाख श्रमिक माग गर्ने गरेको छ। त्यसमध्ये नेपाल पहिलो स्थानमा छ।

सो अवसरमा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) का नेपाल प्रमुख मोहन कोङले नेपालको विकास निर्माणमा कोइकाले गर्दै आएका सहयोगबारे जानकारी गराए। कोइकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, उद्यमशीलतालगायत क्षेत्रमा सहयोग गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया