NIMB Header 2
Nepal Life

कृषि विकास बैंकले बोल्ने क्युआर मेसिन 'कोइली' सँग गर्यो सम्झौता, मानव आवाजबाट भुक्तानीको जानकारी दिने

National Life
  • BFIS News
  • 2024 May 08 16:50
कृषि विकास बैंकले बोल्ने क्युआर मेसिन 'कोइली' सँग गर्यो सम्झौता, मानव आवाजबाट भुक्तानीको जानकारी दिने
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंक र बिट्स क्राफ्ट प्रा.लि. बीच यहि बैशाख २५ गते व्यवसायिक सम्झौता भएको छ। सम्झौता अनुसार कृषि विकास बैंक लि. का व्यवसायिक ग्राहकहरुले बिट्स क्राफ्ट प्रा.लि संग तोकिएको मासिक शुल्क भुक्तान गरी ´कोइली` नामक बोल्ने QR Machine प्रयोग गर्न सक्नेछन।

Shikhar
NIMB

यसरी यो QR Machine प्रयोग गर्दा एकातिर सेवा खरीदका बखत रकम भुक्तान गर्ने ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने अर्को तर्फ उक्त Machine ले मानव आवाजमा रकम भुक्तानी भएको तुरुन्तै जानकारी दिनेछ । जसले गर्दा लामो समय सम्म भुक्तान भए/नभएको हेर्नलाई कुर्न पर्ने झन्झटबाट मुक्त हुनुका साथै भुक्तान लिने/दिने ग्राहकहरु बीच सुमधुर र भरपर्दो व्यवसायिक सम्बन्ध स्थापित हुनेछ।

उक्त सम्झौतामा कृषि विकास बैंक लि. का तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र बिट्स क्राफ्ट प्रा.लि. का CEO अरुण खत्रीले हस्ताक्षर गरेका थिए । साथै उक्त कार्यक्रममा Marketing and Sales Department प्रमुख बीना शर्मा र बरिष्ठ शाखा प्रमुख कमल ओझा एवं बिट्स क्राफ्ट प्रा.लि.का सुन्दर थापाको पनि उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया