NIMB Header 2
Nepal Life

प्रश्न उठेकै आधारमा व्यवसायीलाई अपराधी बनाउने आँखाले हेर्नु हुँदैन : अर्थमन्त्री

National Life
  • BFIS News
  • 2024 May 09 12:51
प्रश्न उठेकै आधारमा व्यवसायीलाई अपराधी बनाउने आँखाले हेर्नु हुँदैन : अर्थमन्त्री
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रश्न उठेकै आधारमा उद्योगी, व्यवसायीलाई अपराधी बनाउने आँखाले हेर्न नहुने बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको छलफल कार्यक्रममा उनले सरकार निजी क्षेत्रको मनोबल उच्च बनाउन लागिपरेको पनि बताए।

Shikhar
NIMB

'लगानी सम्मेलनमा सरकारले कानुन संशोधन गरेको छ। यसमा सरकार र निजीक्षेत्र सँगै रहे। आगामी बजेटले औद्योगिक वातावरण बनाउन भूमिका खेल्नेछ’, उनले भने।

बजेट निर्माणका क्रममा धेरैसँग सरकारले अन्तरक्रिया गरिसकेका र सो क्रममा सबैतिरबाट अर्थतन्त्रमा शिथिलता छ भन्ने सुनिएको बताउँदै उनले भने, 'सबै क्षेत्रबाट अर्थतन्त्र शिथिल छ भन्ने गुनासो धेरै सुनियो तर गत वर्षभन्दा अर्थतन्त्र सुधारात्मक रहेकाले आशावादी भएरै बजेट बनाइरहेका छौं।’

निजि क्षेत्रको कन्फिडेन्स घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिने पनि उनले बताए। साथै, मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने उनले विश्वास दिलाए।

सरकारले लगानी सम्मेलनअघि कानूनी अड्चन हटाउन ८ वटा कानून संशोधन गरेको भन्दै उनले यसबाट पनि निजी क्षेत्रलाई केही सहज वातावरण बनेको जानकारी दिए।

सरकारका पनि आफ्नो सीमाहरु रहेको भन्दै यसलाइ फुकाउँदै जानुपर्ने उनले बताए। वित्तीय नीति र मौद्रिक नितिमा तालमेल मिलाउनु पर्ने सुझावमा आफू सहमत रहेको बताउँदै अर्थमन्त्री पुनले यसपटक नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने आश्वासन दिए।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार