NIMB Header 2
Nepal Life

राष्ट्रिय बाणिज्य बैंकको सिइओका लागि २० जनाको आवेदन, पूर्व बैंकरदेखि बीमा क्षेत्रका सइओहरुको आकाङ्क्षा

National Life
  • BFIS News
  • 2024 May 09 17:45
राष्ट्रिय बाणिज्य बैंकको सिइओका लागि २० जनाको आवेदन, पूर्व बैंकरदेखि बीमा क्षेत्रका सइओहरुको आकाङ्क्षा
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि २० जनाले आवेदन दिएका छन् । राष्ट्रिय बाणिज्य बैंकले बैशाख ७ गते २१ दिनको सूचना जारी गर्दै दरखास्त आवेदन आह्वान गरेको थियो । आज अन्तिम दिनसम्ममा २० जनाको निवेदन परेको बैंकका सूचना अधिकारी दिवेश प्रसाद लोहनीले जानकारी दिए ।

Shikhar
NIMB

बैंकको प्रमुख कार्यकारी अधिकृत पदका लागि रामदेवी यादव, अगम मुखिया, दुर्गा कुमारी कर्णेल छतकुली, नरेश राज अर्याल, पवन रेग्मी, विष्णुदेव यादव, विष्णु वावु मिश्र, प्रकाश चन्द्र अधिकारी, डा. रामराज उपाध्याय, देवेन्द्र रमण खनाल, दिर्घ बहादुर अर्याल, झविन्द्र खत्री, गणेश प्रसाद गौतम, कृष्ण बहादुर अधिकारी, सुरेश देवकोटा, शंकर केसी, प्रमोद बाबु तिवारी, कृष्ण प्रसाद आचार्य, शंकर कुमार रायमाझी र माधव प्रसाद रेग्मीले आवेदन दिएका हुन् ।

कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सम्हालिसकेका छन् । त्यस्तै शंकर कुमार रायमाझीले नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सम्पन्न गरेर केहि समय अगाडी मात्रै बाहिरिएका थिए । अगम मुखिया हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा छन् ।

नेपाल बैंकले गत कात्तिकमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गर्दा पनि १९ जनाको आवेदन परेको थियो । नेपाल बैंकमा आवेदन दिएका अधिकाम्सले राष्ट्रिय बाणिज्य बैंकमा पनि दोहोर्याएका छन् । नेपाल बैंकमा आवेदन दिनेहरु समता पन्त, देवेश प्रसाद लोहनी, अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रमेश प्रसाद जोशी,  शंकर केसी, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, र कृष्ण प्रसाद आचार्य थिए ।  

यस सँगै प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि निर्माण भएको छनोट तथा पदपुर्ती समितिले आवेदकहरुको व्यवसायिक योजना तथा प्रोफाइल हेरेर सर्टलिस्टिङ गर्नेछ । सर्ट लिस्टिङमा परेकाहरुले व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण गर्नु पर्नेछ । सो पश्चात पदपुर्ती समितिले छनोटका लागि सिफारिस गर्नेछ ।

बैंकको निर्वमान प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ दुई कार्यकाल पुरा गरेर चैत २८ गते बाहिरिएका थिए । हाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायम (का.मु.) सिइओको जिम्मेवारी तोकिएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया