Nepal Life

आज अक्षय तृतीया एवं परशुराम जयन्ती मनाइँदै

NMB Bank
  • BFIS News
  • 2024 May 10 07:59
आज अक्षय तृतीया एवं परशुराम जयन्ती मनाइँदै
United Ajod

काठमाडौं। आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ। आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ।

Shikhar
Nepal Life
NIMB

धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ।  त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ। यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ। त्यसैले आज  गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ।

यसैबीच, मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ। ब्राह्मणलाई जौं, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ।

पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले आज हिन्दू मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया