Nepal Life

पूँजी बृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबीच सम्झौता

NMB Bank
  • BFIS News
  • 2024 May 10 18:35
पूँजी बृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबीच सम्झौता
United Ajod

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा,सिमरा बीच पूँजी बृद्धि र लगानीकर्ता जुटाउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धमा यहि बैशाख २६ गते नेक्सजेनको कर्पोरेट कार्यालयमा सहमति भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराई र होटेल इच्छा को तर्फबाट अध्यक्ष इच्छा बहादुर वाग्लेले हस्ताक्षर गरेका हुन् ।

Shikhar
Nepal Life
NIMB

सिमरास्थित होटल इच्छा हालै मात्र नेपाल सरकार पर्यटन मन्त्रालयबाट स्वीकृत प्राप्त फाइभ स्टार होटल हो । यो होटल २०७३ शालदेखि संचालन हुँदै आएको छ । नयाँ इजाजत पाएपछि होटल इच्छा मधेश प्रदेशकै पहिलो फाइभ स्टार होटल भएको छ । सम्झौता बमोजिम होटल इच्छाको पूँजी बृद्धि गर्ने र सो बमोजिम संस्थापक लगानीकर्ता जुटाउनमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सहयोग र परामर्श दिने सहमति भएको अध्यक्ष वाग्लेले जानकारी दिए ।

विकास बैंक

फाइभ स्टार होटल संचालनको अनुमति पाइसकेपछि होटल इच्छालाई अन्तररार्ष्ट्रिय स्तरको बनाउनका साथै थप सुविधा हरू जडान गर्न ठुलै पूँजीको आवश्यक पर्ने बताउँदै पूँजी बृद्धि पछि लगानीको श्रोत पर्याप्त हुने र आवश्यकता अनुसार स्तर बृद्धि गर्न सजिलो हुने पनि कम्पनीकाे भनाइ छ । साेहि अनुरूप भविष्यमा होटलको पहिचान र दायरा ब्यापक बनाउन सर्वसाधारणलाई पनि शेयर जारी गर्ने योजना रहेको छ ।

यसैगरी, पूर्व बैंकरहरू समेतको लगानीमा संचालित नेक्सजेन म्यानेजमेन्टले होटल इच्छाको माथि उल्लेखित काम सम्पन्न गर्न परामर्शदातको रूपमा काम गर्ने जानकारी दिइएकाे छ । संचालनको छोटो अवधिमा नेक्सजेनले लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ । कम्पनीका अनुसार नेपालभित्र पनि बिभिन्न कम्पनिहरूसँग सम्झौता गरि नयाँ कम्पनि स्थापना, संचालित कम्पनिलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उध्योग र बैंकर बिचमा समन्वय गर्न तथा कम्पनीहरूको योजना अनुसार सर्वसाधारणलाई शेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया