NIMB Header 2
Nepal Life

हिमालयन बैंकले तत्काल एफपिओ नल्याउने, ‘नेटवर्थमै शेयर जारी गर्नु पर्ने व्यवस्थालाई संशोधन गर्नु पर्ने अडान’

Muktinath Bank
  • अरुण सापकोटा
  • 2024 May 10 19:40
हिमालयन बैंकले तत्काल एफपिओ नल्याउने, ‘नेटवर्थमै शेयर जारी गर्नु पर्ने व्यवस्थालाई संशोधन गर्नु पर्ने अडान’
National Life

काठमाडौं । हिमालयन बैंकले तत्काल एफपिओ जारी नगर्ने भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७५ को दफा ३७ अनुसार धितोपत्रको थप सार्वजनिक निष्काशनमा प्रिमियम निर्धारण गर्दा प्रति शेयर नेटवर्थ भन्दा बढी नहुने गरि प्रिमियम निर्धारण गर्नु पर्ने व्यवस्थाका कारण अहिलेलाई कुनै पनि प्रकृयाँ अगाडी नबढाउने भएको हो ।

NIMB

बैंकले गएको पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट एफपिओ जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । साधारणसभाबाट पारित भए पनि बैंकले अहिलेसम्म कुनै पनि प्रकृयाँ अगाडी बढाएको छैन । तीन दशक भन्दा धेरै ट्र्याक रेकर्ड बनाएको बैंकले नेटवर्थमै शेयर जारी गर्नु पर्ने व्यवस्था अन्यायपुर्ण रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । उनले भने ‘सञ्चालनमा आएको २/३ वर्षका कम्पनीले नेटवर्थको दुई गुणासम्ममा शेयर जारी गर्न पाउने तर हाम्रो जस्तो लामो इतिहास बनाइसकेको स्थापित बैंकले नेटवर्थमै शेयर जारी गर्नु पर्ने व्यवस्था अन्यापुर्ण छ ।’

यस विषयमा बैंकले अर्थमन्त्रालयमा समेत कुरा राखेको थियो । तर अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्डले यस विषयमा खासै चासो व्यक्त नगरेपछि तत्काल एफपिओ जारी गर्ने कार्यलाई पनि बैंकले स्थगित गरेको हो । बैंकले आइपिओमा जस्तै एफपिओ जारी गर्दा पनि नेटवर्थको दुई गुणासम्ममा शेयर जारी गर्नु पर्ने व्यवस्थाको लविङ गरेको छ ।

बैंकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति भए पछि यस विषयमा लविङ गर्ने योजना बनाएको छ । नयाँ अध्यक्षको नियुक्ति पछि अध्यक्षको प्रतिक्रिया बुझेर मात्रै आगामी योजना तय गर्नेछ ।

हाल बैंकको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ रहेको छ । यहि हिसावले आइपिओ निष्काशन गर्दा बैंकले ६५ रुपैयाँ मात्रै प्रिमियम लिन पाउनेछ । अर्को तर्फ दोस्रो बजारमा बैंकहरुको शेयर मूल्य धेरै तल छ । हाल हिमालयन बैंककै शेयर मूल्य १७० रुपैयाँ छ । बैंकको शेयर मूल्य एक वर्षको अवधिमा न्युनतम १६७ रुपैयाँ र अधिकतम २४३ रुपैयाँसम्म पुग्यो । यसले गर्दा पनि बैंकलाई कन्फिडेन्स छैन । शेयर बजार सबैभन्दा तल्लो विन्दुमा छ । अव बजार सुधार भयो भने बैंकको शेयर मूल्यमा पनि बृद्धि हुनेछ । 

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ रुपैयाँ रहेको छ । हिमालयन बैंकले सर्वसाधारण समुह तर्फको शेयर अनुपात ३० प्रतिशत पुर्याउन प्रिमियममा एफपिओ जारी गर्ने भएको छ । बैंकले सर्वसाधारण समुह तर्फ ३० प्रतिशत पुर्याउन २.९९ प्रतिशत शेयर एफपिओ मार्फत जुटाउने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेश गर्दैछ ।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । बैंकले सर्वसाधारण समुह तर्फ ३० प्रतिशत कायम गर्न एफपिओ मार्फत ६४ करोड ७५ लाख रुपैयाँ पूँजी थप्नु पर्छ । यसका लागि बैंकले सर्वसाधारण लगानीकर्तालाई ६४ लाख ७५ हजार ३२८ कित्ता शेयर जारी गर्नु पर्छ ।

यस मध्ये १० प्रतिशत वैदेशिक रोजगारमा गएका नेपालीका लागि, ५ प्रतिशत सामुहिक लगानीकोषका लागि र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५१ लाख ८० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गर्नेछ । बाफिया अनुसार सर्वसाधारण समुह तर्फ ३० प्रतिशत कायम गर्नु पर्ने व्यवस्थाका कारण बैंकले शेयर कन्भर्जन गरेर ३० प्रतिशत कायम गर्न पाउदैन । यसका लागि एफपिओ जारी गरेरै सर्वसाधारणमा शेयर जारी गर्नै पर्ने हुन्छ ।

बैंकले विद्यमान नेटवर्थ अनुसार प्रिमियम निर्धारण गर्दा प्रति कित्ता १०० रुपैयाँमा ६५ रुपैयाँ प्रिमियम थप गर्न पाउछ । यस आधारमा बैंकले एक अर्ब ६ करोड रुपैयाँ बजारबाट उठाउन सक्छ । जस मध्ये ४२ करोड ८ लाख रुपैयाँ प्रिमियम प्राप्त गर्न सक्छ । एफपिओ पछि चुक्ता पूँजी २२ अर्ब ३० करोड पुग्छ । तर बैंकले प्रकृयाँ अगाडी नबढाएकाले बैंकले यस वर्ष एफपिओ जारी गर्न सक्ने देखिदैन ।

यो पनि पढ्नुहोस्

हिमालयन बैंकले ६४ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्ने, ६५ रुपैयाँ प्रिमियम सहित १६५ पर्न सक्ने

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार