NIMB Header 2
Nepal Life

शिवम सिमेन्टको मुनाफा ६१ % ले घट्यो, आम्दानी भन्दा बिक्री खर्च धेरै बढ्दा लगानीकर्ता निरास

National Life
  • BFIS News
  • 2024 May 11 08:51
शिवम सिमेन्टको मुनाफा ६१ % ले घट्यो, आम्दानी भन्दा बिक्री खर्च धेरै बढ्दा लगानीकर्ता निरास
Sanima Reliance

काठमाडौं । शिवम सिमेन्टमो मुनाफा ६१.९४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा कम्पनीको मुनाफा २० करोड ४२ लाखमा सिमित भएको छ । जवकी गत वर्षको यहि अधविमा ५३ करोड ६७ लाख रुपैयाँ थियो । 

Shikhar
NIMB

कम्पनीको बिक्री आम्दानी ९ प्रतिशतले सुधार भए पनि बिक्री खर्च व्यापक रुपमा बढ्दा कम्पनीको मुनाफामै ठुलो असर पारेको छ । समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा ५ अर्ब ४५ करोड मुनाफा थियो । तर तेस्रो त्रैमाशिक अवधिमा बिक्री खर्च ४ अर्ब ४५ करोडबाट ५ अर्ब २३ करोड नाघेको छ । यस सँगै खुद नाफा एक खर्बबाट ७६ करोडमा झरेको छ । कम्पनीले सर्वाधिक धेरै सिमेन्ट बिक्री भएको भन्दै विज्ञापन गरे पनि लगानीकर्तालाई भने हाता लाग्यो शुन्य जस्तै देखिएको छ ।  

बिक्री आम्दानी बढेपनि बिक्री लागत बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २३.६४ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४९.०१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ६.८४ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ ८५ पैसा घटेर ५ रुपैयाँ ४२ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.४६ गुणा रहेको छ। ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ सञ्चित छ।

बढ्दो बजारमा कम्पनीले कमजोर प्रस्तुतिकरणले लगानीकर्ताहरुमा निरासा छाएको छ । सेक्टरल रुपमा बढिरहेको शेयर बजारमा सिमेन्ट कम्पनीहरुको शेयर मूल्यमा पनि क्रमिक सुधार भइरहेको थियो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार