NIMB Header 2
Nepal Life

कालिञ्चोक दर्शनको मुनाफा ६.९२ बढ्यो, प्रतिशेयर आम्दानी ५.५३ रुपैयाँ

National Life
  • BFIS News
  • 2024 May 12 06:10
कालिञ्चोक दर्शनको मुनाफा ६.९२ बढ्यो, प्रतिशेयर आम्दानी ५.५३ रुपैयाँ
Sanima Reliance

काठमाडौं । कालिञ्चोक दर्शनले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अधविमा २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Shikhar
NIMB

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी २९.०२ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३०.४२ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा ६२.३८ प्रतिशत बढेर ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ७.२५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ पैसा बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ। तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४३.०३ गुणा रहेको छ। ५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५८ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार