Nepal Life

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 May 12 12:46
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। शुक्रबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १७ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया