Nepal Life

नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णयविरुद्ध विवादित अभिव्यक्ति दिएका राष्ट्रपतिका आर्थिक सल्लाहकारले दिए राजीनामा

NMB Bank
  • BFIS News
  • 2024 May 12 13:02
नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णयविरुद्ध विवादित अभिव्यक्ति दिएका राष्ट्रपतिका आर्थिक सल्लाहकारले दिए राजीनामा
United Ajod

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीकृत गरेका छन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी डा नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गरेका जानकारी दिएकी हुन्।

Shikhar
Nepal Life
NIMB

“राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, राष्ट्रपतिज्यूले डा नेपालले आफ्नो पदमा रही पुर्‍याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् ।

गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।

डा. नेपालले सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको अभिव्यक्ति दिएका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया