Nepal Life

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारीसहितका कर्मचारीविरुद्ध मुद्दा दायर

NMB Bank
  • BFIS News
  • 2024 May 12 18:23
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारीसहितका कर्मचारीविरुद्ध मुद्दा दायर
United Ajod

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहितका अधिकारीहरुविरुद्ध आज पुनः अर्को मुद्दा दर्ता गरेको छ। आयोगले यसअघि पनि पौडेललगायतलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

Shikhar
Nepal Life
NIMB

आयोगले केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका सिडिई मेकानिकल नवीनकुमार पाखरेलविरुद्ध मुद्दा दर्ता गरेको छ। गलत मनसाय राखेर नेपाल सरकारलाई हानि–नोक्सानी पुर्‍याउने उद्देश्यका साथ खरिद कार्य गरी रु ४० करोड ७५ लाख ५७ हजार सात सय ४० बराबरको भ्रष्टाचार गरेको आयोगको ठहर छ। आयोगले बिगोबमोजिम थप सजायको माग गर्दै आज मुद्दा दायर गरेको हो।

यस्तै, केन्द्रका तत्कालीन लेखा अधिकृत खड्गबहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरेविरुद्ध पनि समान बिगो दाबी गरेको छ। म्याक्स इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेनविरुद्ध पनि आयोगले समान बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया