Nepal Life

नेपाल टेलिकमको खुद नाफा सामान्य अंकले बढ्दा आम्दानीमा भने गिरावट

NMB Bank
  • BFIS News
  • 2024 May 13 08:17
नेपाल टेलिकमको खुद नाफा सामान्य अंकले बढ्दा आम्दानीमा भने गिरावट
United Ajod

काठमाडौं । नेपाल टेलिकमको खुद नाफामा सामान्य वृद्धि देखिएको छ। टेलिकमले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा सामान्य वृद्धि देखिएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफा बढे पनि कम्पनीको आम्दानीमा भने गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ३१ अर्ब २० करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६.०३ प्रतिशतले कम हो ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.११ प्रतिशतले कम हो । कम्पनीको कुल चालु सम्पत्ति ६६ अर्ब ३४ करोड रुपैयाँ र कुल चालु दायित्व ३९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।  

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३५ पैसा बढेर ४१ रुपैयाँ ४४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५१२ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.१३ गुणा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया