Nepal Life

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

NMB Bank
  • BFIS News
  • 2024 May 13 10:46
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
United Ajod

काठमाडौं। जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन्। प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो।

Shikhar
Nepal Life
NIMB

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरिएको छ।

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको रु ८० लाख लुटिएको थियो। सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट रु ८० लाख रकम निकालेर लग्दै गरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारार भएका थिए।
घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया