NIMB Header 2
Nepal Life

कुमारी बैंकको ३ लाख ७५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 May 14 07:48
कुमारी बैंकको ३ लाख ७५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।  

Shikhar
NIMB

शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।  

इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंस्थित नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।  

शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें बैंकले जनाएको छ।  साथै, तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया