Nepal Life

घरजग्गा कारोबारमा कमी, सबैभन्दा बढी कारोबार इनरुवा मालपोतबाट

NMB Bank
  • BFIS News
  • 2024 May 15 09:50
घरजग्गा कारोबारमा कमी, सबैभन्दा बढी कारोबार इनरुवा मालपोतबाट
United Ajod

काठमाडौं । बैशाख महिनामा घरजग्गा कारोबारमा कमी देखिएको छ। चैत महिनाभन्दा बैशाखमा कारोबारमा कमी देखिएको छ। भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन भएकोमा वैशाख महिनामा ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन भएको छ।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको १० महिनाको अवधिसम्म भने देशभरका मालपोत कार्यालयबाट ३४ अर्ब ६० करोड रुपैयाँबराबरको राजश्व संकलन भएको छ ।  

देशभरका मालपोत कार्यालयबाट वैशाख महिनामा ४९ हजार ७८३ लिखत पारित भएको छ। चैत महिनामा ४९ हजार ६१२ वटा लिखत पारित भएको थियो ।

वैशाखमा सबैभन्दा बढी इनरुवा मालपोत कार्यालयबाट लिखत पारित भएको छ । इनरुवा मोलपोत कार्यालयबाट वैशाख महिनामा कुल २ हजार ११ वटा लिखत पारित भएको छ ।

जनकपुर मालपोत कार्यालय दोस्रो स्थानमा रहेको छ । यो कार्यालयबाट वैशाख महिनामा १ हजार ७६७ वटा लिखत पारित भएको छ ।

काठमाडौं उपत्यकामा भने भक्तपुर मालपोत कार्यालयबाट सबैभन्दा धेरै लिखत पारित भएको छ। भक्तपुरबाट ९८४ वटा लिखत पारित भएको छ ।  लगनखेल मालपोत कार्यालयबाट ९५५ र कलंकी मालपोत कार्यालयबाट ६७९ वटा लिखत पारित भएको छ । यस्तै, चाबहिल र साँखुबाट ४८३, डिल्लीबजारबाट २०४ र टोखाबाट १३८ वटा लिखत पारित भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया