Nepal Life

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते, उपचारका लागि नेपालगञ्ज लगियो

NMB Bank
  • BFIS News
  • 2024 May 23 16:04
जहाजले ठक्कर दिँदा कर्मचारी घाइते, उपचारका लागि नेपालगञ्ज लगियो
United Ajod

काठमाडौं। मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत  एक  कर्मचारी घाइते भएका छन्।

Shikhar
Nepal Life
NIMB

यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन्।

जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम  घाइते भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया