Nepal Life

आज पनि घट्यो सुनको भाउ, तोलाको कति पुग्यो?

NMB Bank
  • BFIS News
  • 2024 May 24 11:28
आज पनि घट्यो सुनको भाउ, तोलाको कति पुग्यो?
United Ajod

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ आज पनि घटेको हो।

Shikhar
Nepal Life
NIMB

मंगलबार प्रतितोला एक हजार दुई सय रूपैयाँ, बुधबार प्रतितोला एक सय रूपैयाँ, बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँ र शुक्रबार पनि प्रतितोला एक हजार आठ सय रूपैयाँले सुनको भाउ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १० रूपैयाँले घटेको हो। बिहीबार प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया