Nepal Life

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि

NMB Bank
  • BFIS News
  • 2024 May 24 15:21
नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि
United Ajod

काठमाडौं। नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।

Shikhar
Nepal Life
NIMB

उनका अनुसार गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो। तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ दखिएको उनले जानकारी दिए। “यो नयाँ भेरियन्ट होइन। ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट हो। यसलाई नयाँ नाम मात्र दिइएको हो”, उनले भने।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट सङ्क्रामक नभएको बताए। “केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन। यसको प्रभाव खासै छैन”, उनले भने। ४२ वटा परीक्षणमा प्रयोगशालाका ओमिक्रोन (जेएन १) सात जनामा ओमिक्रोन (बीए २), दुई जनामा देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया