NIMB Header 2
Nepal Life

सिटिजन्स बैंक इन्टरनेशनलको सञ्चालकमा ईला शर्मा नियुक्त

National Life
  • BFIS News
  • 2024 May 24 17:07
सिटिजन्स बैंक इन्टरनेशनलको सञ्चालकमा ईला शर्मा नियुक्त
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छन्। शर्मालाई अध्यक्ष प्रबलजंग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।

Shikhar
NIMB

कानूनमा विशेष अनुभव संगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेशनल ‘ल एन्ड ह्यूमन राइट्स’ मा एलएलएम गरेकी छन्। साथै, ‘युनिभर्सिटी अफ हल युके’बाट पनि इन्टरनेशनल बिजनेस ल, इन्टरनेशसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी छन्।

उनीसँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ । निर्वाचनसम्बन्धी कानून, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत रहिसकेकी छन् ।

शर्माले काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्वविद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। उद्योग तथा वाणिज्य मन्त्रालय र युएनडिपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा समेत काम गरेकी शर्मा विभिन्न आइएनजिओमा समेत संलग्न छिन्।

उनले फूड फर्स्ट इन्फरमेशन एक्शन नेटवर्क नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडियको कार्यकारी समितिका साथै साउथ एसियावाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गर्नुका साथै आइआइएल एम विश्वविद्यालय गुढगाँव भारतमा प्राध्यापकको रूपमा ल एन्ड जस्टिस, क्रस बोर्डर आरबिट्रेसन एन्ड इनभेष्टमेन्ट ल र इन्टरनेशनल ह्यूमन राइट्स अध्यापन गराँउदैआएकी छन्। उनी  यसअघि नै एक प्रतिष्ठित वाणिज्य बैंकको सञ्चालकको रुपमा समेत कार्यरत थिइन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया