NIMB Header 2
Nepal Life

बजेट भाषण अगाडी लगानीकर्ताहरुले लाभकर घटाउन सरकारलाई दिए दवाव, नत्र आन्दोलन !

Muktinath Bank
  • BFIS News
  • 2024 May 25 20:24
बजेट भाषण अगाडी लगानीकर्ताहरुले लाभकर घटाउन सरकारलाई दिए दवाव, नत्र आन्दोलन !
National Life

काठमाडौं । बजेट भाषणको पुर्व सन्ध्यामा शेयर बजारका लगानीकर्ताहरुका संघ संघठनले संयुक्त रुपमा पूँजीगत लाभकर घटाउन दवाव दिएका छन् । ८ वटा संघ संघठनले संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै आयकर ऐनमा अल्पकालिन लगानीकर्ताका लागि ५ प्रतिशत र दीर्घकालिन लगानीकर्ताको लागि ३ प्रतिशत कायम गर्न सुझाव दिएका छन् ।

NIMB

सरकारले यहि जेठ १५ गते प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०८१/८२ को बजेट प्रति लक्षित गर्दै लगानीकर्ताका संघ संघठनहरुले गम्भिर चासोका साथ यस्तो सुझाव सहित दवाव सिर्जना गरेका हुन् । कोभिड १९ पश्चात आर्थिक मन्दीको चपेटामा परेको विश्व अर्थतन्त्रमा क्रमिक सुधार हुन लागेको सन्दर्भमा हाल सुधारोन्मुख रहेको नेपालको पूँजीबजारलाई थप सुधार पुर्याउन पूँजीगत लाभकरका विषयमा उनिहरुले आफ्नो माग प्रस्तुत गरेका हुन् ।

यसरी लगानीकर्ताहरुले विगत लामो समयदेखि उठाएका मागहरु संबोधन नभएमा र द्विविधायुक्त कर नीति आएमा लगानीकर्ताहरुले सशक्त विरोधमा उत्रिने चेतावनी समेत दिएका छन् ।

आयकर ऐनको दफा ९५ क(२)(क) मा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३३६ दिन भन्दा बढि अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिन वा सो भन्दा कम अवधिको स्वामित्वमा रहेको हितको लाभ रकमको ७.५ प्रतिशत अग्रिम कर असुल गर्नु पर्नेछ भनिएको व्यवस्थालाई अग्रिम कर नभइ उक्त कर अन्तिम कर कट्टी हुने कानुनी व्यवस्था गर्नु पर्ने माग राखेका छन् । व्यक्तिगत तवरबाट हुने धितोपत्र कारोबारलाई प्रोत्साहित गर्न तथा कर कट्टी र अभिलेखीकरण कार्यलाई सरल बनाउने लगानीकर्ताको भनाइ छ ।

लगानीकर्ताले यहि दफामा रहेको एक वर्ष भित्र शेयर बिक्री गरेको हकमा ५ प्रतिशत र एक वर्ष भन्दा बढि अवधि होल्ड गरि बिक्री गरेका खण्डमा ३ प्रतिशत मात्रै पूँजीगत लाभकर असुल गर्ने व्यवस्था गर्नु पर्ने लगानीकर्ताको माग रहेको छ । यस्तो व्यवस्थाले लगानीकर्ताहरुको मनोबल उच्च रहने हुनाले कारोबार रकम बढ्न गइ सरकारलाई लाभकर बढोत्तरी हुने उनिहरुको भनाइ छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार