Nepal Life

प्रधानमन्त्री भन्छन् - संसदबाटै बजेट ल्याउने गरी सोमबारसम्ममा संसदको अवरोध अन्त्य हुन्छ

NMB Bank
  • BFIS News
  • 2024 May 26 13:51
प्रधानमन्त्री भन्छन् - संसदबाटै बजेट ल्याउने गरी सोमबारसम्ममा संसदको अवरोध अन्त्य हुन्छ
United Ajod

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को अवरोध अन्त्यका लागि  बैठक सुचारु गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गरेका छन्।

Shikhar
Nepal Life
NIMB

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने, “मैले बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु। आज नभए भोलिसम्म बजेट संसदबाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ।”

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवी लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया