Nepal Life

बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कति पुग्यो?

NMB Bank
  • BFIS News
  • 2024 May 27 12:06
बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कति पुग्यो?
United Ajod

काठमाडौं । सोमबार सुन–चाँदीको मूल्य बढेको छ। आइतबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला १८ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १८ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया