धनगढी उपमहानगरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा
- BFIS News
- 2023 Aug 07 05:25
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो ।
पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले त्यस्ता सवारी साधन चार्ज गर्न सहज हुने जनाइएको छ । वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेसनले ठुलो टेवा पुर्याउने नगरको धारणा छ ।
स्टेसनमा ६०-६० किलोवाटको दुई वटा र २२ किलोवाटको एउटा गरी तीन वटा चार्जर रहेको छ । जम्मा १४२ किलोवाट क्षमताको चार्जिङ स्टेसनमा एक साथ तीन वटा सवारी साधन चार्ज गर्न सकिने जनाइएको छ । दिउँसो चार्ज गर्दा प्रति युनिट आठ रुपियाँ २८ पैसा, राति ११ बजेपछि चार्ज गर्दा प्रति युनिट छ रुपियाँ र बिहान चार्ज गर्दा प्रतियुनिट १० रुपियाँ ४४ पैसा चार्ज शुल्क तोकिएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया